कोमल ओलीले रघुजी पन्तविरुद्ध किन मुद्धा हालिन् ?

काठमाडौं- नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गरेकी छिन् । कानुनविद्सँगको परामर्शपछि मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर उनले गाली बेइज्जतीको मुद्दा दर्ता गरेकी हुन् ।

पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको ओलीले बताइन् । ‘म आफैँले न्यायको लागि बोल्न सकिन भने, मैले कसरी जनताको न्यायको बारेमा बोलौंला,’ उनले भनिन् , ‘यो मेरा लागि बाध्यात्मक विषय पनि हो ।’

ओलीविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको आरोप लगाएका थिए । सार्वजनिक सञ्चारमाध्यममा वलीको पक्षमा जनतामा बढ्दै गएर आफ्नो आलोचना हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत मागेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार