माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार