कांग्रेसको नेतृत्वमा सर्वदलिय सरकार – नेतृ उपाध्याय

ओखलढुंगा – नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व जलश्रोत राज्य मन्त्री महालक्ष्मी उपाध्याय (डिला)ले संविधानको स्थायी कार्यन्वयनका लागी काँग्रेसको नेतृत्वमा सर्वदलिय सरकार गठन हुनुपर्ने बताएका छिन् ।

केन्द्रिय सदस्य उपाध्यायले नेपाली जनताले स्थायीत्वका लागि सरकारमा पठाएपनि पदिय प्रलोभनमा परेर संबिधान मिच्दै सडकमा तमासा देखाएकाले कम्यूनिष्टबाट संविधानको रक्षा नहुने बताउदै अब काँग्रसको नेतृत्वमा सर्वदलिय सरकार गठन गर्नुपर्नेमा जोड दिइन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको १११ औ अन्तराष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा सहभागी बनेर फर्कने क्रममा ओखलढुंगा आईपुगेका महालक्ष्मी उपाध्यायको टोलीलाई काग्रेस ओखलढुंगाका सभापति प्रदिप कुमार सुनुवारले स्वागत गरेका थिए ।

नेतृ उपाध्यायको साथमा सरस्वती बजिमया र नेविसंघका पूर्व केन्द्रिय सदस्य रोदना घिमिर ओखलढुंगा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार