सोलुखुम्बु – बागबानि केन्द्रमा फाप्लुमा ९ हजार भन्दा बढि विरुवा ग्राफ्टिङ गरिएको छ । यो सिजनमा विभिन्न जातका ९ हजार ३७० फलफुलका विरुवा ग्राफ्टिङ गरिएको बागबानि केन्द्रले जनाएको छ । आगामी वर्ष कृषकको माग अनुसार वितरणका लागि किवि, स्याउ, नासपाति, आरुको विरुवा ग्राफ्टिङ गरिएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार किविको ३३ सय ५ विरुवा ग्राफ्टिङ गरिएको छ । त्यसमध्ये २९ सय ४० वटा हेर्वाड जातको र ६०५ वटा अन्य जातको विरुवा रहेको प्राविधिक सहायक बद्रिकला राईले बताईन् । त्यसमध्ये १ हजार १० बोट भाले र अन्य पोथि रहेका छन् । त्यस्तै, स्याउको विरुवा ३३ सय ५, आरुको १९ सय ८०, नासपातिको ७८० बोट ग्राफ्टिङ गरिएको छ ।
यसबाहेक ओखरको ३० केजि बिजु रोपिएको सुचना अधिकारी चन्द्र फडेराले बताए ।