वैशाख ७ देखि कोभिड खोपको दोस्रो डोज लगाइने

  हिमाल समाचार
63 Shares

काठमाडाैँ– सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने बताएको छ ।

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरूलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको छ ।

यसैबीच, चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई आजदेखि लगाइँदै छ ।

४० वर्षदेखि ५९ वर्षसम्मका सबै नागरिकका साथै यसअघि छुटेकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयका खोप शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार