प्रधानमन्त्रीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने

  हिमाल समाचार
49 Shares

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले भोलि नयाँ वर्षकाे वैशाख १ (बुधबार) देशबासीका नाममा सम्बोधन गर्ने तय भएकाे छ । उहाँले नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते बिहान ८ बजे जनताकाे नाउँमा सम्बोधन गर्ने तयारी रहेकाे मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

नयाँ वर्षकाे अवसरमा शुभकामना सन्देशसहित प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट उहाँले सम्बोधन गर्नुहुने बताइएकाे छ । साे क्रममा समसामयिक विषय लगायत मुलुक पुनः जटिल बन्दै गएकाे कोरोना भाइरसकाे संक्रमण रोकथाममा सरकारको तयारीबारे समेत चर्चा गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार