सोलुुखुम्बु :टाक्सिन्दुमा फोरजी सेवा सुरू

  हिमाल समाचार
616 Shares

सोलुखुम्बु– सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा निर्माण गरिएको फोरलेग टावरबाट फोरजी सेवा संचालनमा ल्याइएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको अगुवाईमा नेपाल टेलिकमद्वारा वितरित फोरजी सेवा संचालनमा ल्याइएको वडाअध्यक्ष छोङवा लामा शेर्पाले जानकारी दिए ।

इन्टरनेट सेवाबाट बन्चित त्यसक्षेत्रका नागरिकहरु सेवा शुरु भएसंगै हर्षित बनेका छन् । पर्यटकीय क्षेत्र समेत रहेको टाक्सिन्दु, नुनथला लगायतको क्षेत्रमा फोरजी सेवा संचालनमा आएपछि बाह्य पर्यटकलाई समेत सहज हुनेछ ।

टाक्सिन्दुमा रहेको टावरबाट शुरु सेवाले सोलुदुधकुण्ड नगरपालिकाको वडा नं २ को तल्लो क्षेत्र, माप्य दुधकोशी गाउँपालिकाको वडा नं १, २ र ६ र खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं १ का नागरिक लाभान्वित हुने मेयर नाम्गेल जांङबु शेर्पाले बताए ।

मेयर शेर्पाले भने, ‘लामो समयको कोशिसपछि टाक्सिन्दुबाट फोरजी सेवा शुरु गर्न सफल भएका छौ । पत्ताले देखि टाक्सिन्दुसम्म फाईवर विच्छ्याउने काम पनि तिब्र गतिमा भईरहेको छ । त्यो काम सम्पन्न भएपछि नागरिकले गुणस्तरिय सञ्चार सुविधा उपभोग गर्न पाउनेछन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार