यसरी भयो जिल्ला अस्पताल तोडफोड (फोटोफिचर)

  हिमाल समाचार
4.4k Shares

सोलुखुम्बु –सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा तोडफोड भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका दावा गेलु शेर्पाको ३ वर्षिय छोरा ङिमा नुरु शेर्पाको अस्पतालमा निधन भएपछि मृतकका परिवार तथा आफन्तले अस्पतालको एक वार्ड तोडफोड गरेका हुन् ।

३ वटा झ्यालको सिसा, पानी तताउने सोलार, अक्सिजन कन्सन्ट्रेटर, कम्प्यूटरको मोनिटरमा तोडफोड गरिएको छ । तोडफोडमा संग्लन २९ वर्षिय मृतकका काका दावानुरु शेर्पालाई नियन्त्रणमा लिएको छ ।

विवाद अन्त्यका लागि अस्पताल, जिल्ला प्रशासन र पिडित पक्ष बिच छलफल गराईने प्रहरी निरिक्षक रिषिराज ढकालले बताए । अस्पतालको लापरवाहीका कारण छोरा गुमाउनु परेको आरोप मृतकका बाबु दावागेलु शेर्पाले बताए ।

‘हिजोदेखि बच्चालाई पखाला लागेको थियो । मेडिकलबाट औषधि ल्याएर खान्दिएपनि बच्चाको पखला ठिक नभएपछि बिहिबार विहान छोरालाई अस्पताल पु¥याएको थिए ।’ उनले भने, ‘अस्पतालले कोरोना महामरीका कारण छोरालाई बेड भर्ना गर्न मानेन । बच्चालाई घरनै लैजानु गाह्रो प¥यो भने अस्पतालमा ल्याउँनु भनेर अस्पतालले भन्यो ।’

मृतकका बाबु शेर्पाका अनुसार त्यसपछि बच्चालाई खाने डाक्टरले औषधि लेखिदिए । ओषधी किन्नका लागि फाप्लु, सल्लेरी भौतारिए । औषधी पसल बन्द भएका कारण समयमै ओषधी नपाएपछि दोर्पु पुगेर औषधी ल्याएको पिडित परिवारले बताएको छ ।औषधी लिएर आउदा बच्चालाई ईमरजेन्सिमा भर्ना गरिएको थियो । त्यसपछि डाक्टरले सलाईन पानी चढाए । त्यसको करिब २ घण्टामा बच्चाको निधन भयो ।’ मृतककी आमा पासाङ पुटि शेर्पाले बताइन् । आमाका अनुसार बच्चामा अन्य रोग थिएन् ।

अस्पतालका सुचना अधिकारी बिजय प्रकाश ठाकुरले बच्चामा झाडापखालाका कारण शरिरमा पानीको मात्रा कम भएर ज्यान गएको बताए । कोभिडका कारण सामान्य किसिमका सेवा अस्पतालले बन्द गरेको छ । पक्राउ परका भाईको रिहा र क्षतिपुर्ति नपाए सम्म बालकको शव उठाउन नसकिने बताए । अस्पतालको लापरवाहीले मृत्यू भएको भन्दै आक्रोशित परिवारका सदस्य र आफन्तको टोलीले अस्पतालको वार्ड तोडफोड गरेका थिए ।

फोटो – दिपेन्द्र पराजुली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार