सरकारले नीति कार्यक्रम र बजेट पास गर्न सक्दैन: डा. बाबुराम भट्टराइ

  हिमाल समाचार
49 Shares

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले ओली सरकारले कुनै पनि हालतमा नीति कार्यक्रम र बजेट पास गर्न नसक्ने टिप्पणाी गरेका छन् ।

मुलुक गम्भीर संकटमा फसेको बताउँदै भट्टराइले अन्त्यहीन राजनीतिक गतिरोध भएकाले बजेट पास गर्न नसक्ने जनाए ।

`ओली सरकारले नीति कार्यक्रम र बजेट पास गर्न सक्छः न वैकल्पिक सरकार बन्न`, उनले ट्विट गरेका छन् ।

देश गम्भीर संकटमा फसेको उल्लेख गर्दै एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजीनतिक गतिरोधले देशलाई थप संकटमा धकेलेको भनेका छन् ।

संविधानका स्तम्भ एकएक ढल्दै गएको, सबै पार्टी/दल निरिह भएको भट्टराइको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार