नियुक्त्ति बदर भएपछि वैठकमा गएनन् सात मन्त्री

  हिमाल समाचार
140 Shares

काठमाडाैँ- प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा सर्वाेच्च अदालतले नियुक्त्ति बदर गरेका सात मन्त्री अनुपस्थित भएका छन् । अदालतको आदेश कार्यान्वयन भन्दै उनीहरु बैठकमा नगएको बताइएको छ ।

अदालतले आज बिहीबार गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानपानी मन्त्री मणी थापा, शहरी विकासमन्त्री प्रभु साह, युवा थगा खेलकुद मन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरीको नियुक्ति सर्वाेच्च अदालतले बदर गरिदिएको हो । मन्त्रिपरिषद् बैठकमा उनीहरू बस्ने ठाउ खाली राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार