परिस्थिति हेरेर निर्णय गर्ने जिम्मा माधव नेपाललाई

  हिमाल समाचार
147 Shares

काठमाडौँ- नेकपा एमालेको खनाल–नेपाल समूहले वर्तमान अवस्था हेरेर निर्णय गर्ने जिम्मा माधवकुमार नेपाललाई दिएको छ ।

खनाल–नेपाल पक्षले संविधान र लोकतन्त्र जोगाउने गरी निर्णय गर्ने जिम्मा माधवकुमार नेपाललाई दिएको जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पाँच बजेसम्मको लागि वैकल्पिक सरकार गठनको म्याद दिएको बेला नेपाल पक्षले के गर्ला भन्ने चासोका साथ हेरिएको छ ।

राष्ट्रपतिले दिएको म्याद सकिन केही घण्टा मात्रै बाँकी रहँदा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारलाई समर्थन गर्न सबैलाई आग्रह गरे । उनले विपक्षी दलप्रति चर्काे आलोचना गरे ।

राष्ट्रपति भण्डारीले दिएको म्यादभित्र वैकल्पिक सरकार गठनको लागि छलफल गर्न विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा (उपेन्द्र यादव पक्ष), नेकपा एमाले (माधवकुमार नेपाल पक्ष) पनि छलफलमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार