कोङ्दे युवा क्लबको झण्डा सगरमाथाको शिरमा

  हिमाल समाचार
518 Shares

सोलुखुम्बु – खुम्बुमा क्रियाशिल कोङ्दे युवा क्लबको झण्डा सर्बोच्च शिखर सगरमाथाको शिरमा फरफराईएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका १ बुप्सामा २०६५ सालमा स्थापना भएको क्लबको झण्डा क्लबका अध्यक्ष आङ छोम्बी शेर्पाले जुन १ मा सगरमाथाको शिरमा फरफराएका हुन् । शेर्पाको सगरमाथा आरोहण चौथो पटक हो ।

क्लबका अध्यक्ष आङ छोम्बी शेर्पा र सचिव मिङमा तेन्डी शेर्पाले झण्डा फरफराउने उदेश्य राखेपनि सचिव मिङमाको स्वास्थ्यमा समस्या भएपछि आरोहण पुरा गर्न नसकेको संवाददाता ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार