चार दिन देखि लुक्लामा रोकिएका पर्यटक काठमाण्डौँ उडे

  हिमाल समाचार
497 Shares

सोलुखुम्बु – चार दिन देखि उडान अबरुद्ध रहेको तेन्जिङ हिलारी विमान स्थलमा आजबाट उडान सुचारु भएको छ ।

मौसम अनुकुल भएसँगै विमानस्थलमा आज ६ वटा उडान भएका छन् । समिटले ४ र ताराले २ वटा उडान भरेको विमानस्थलले जनाएको छ ।

मौसममा प्रतिकुल हुँदा लुक्लामा रोकिएका करिब ६० जना पर्यटक तथा गाईड चार दिन पछि काठमाण्डौँ उडेका छन् । अहिले आधार शिविरबाट पर्यटक तथा उनका सहयोगी फर्किने क्रम जारी रहेको छ ।

यो वर्ष कोरोना महामारीका बिचमा पनि सगरमाथा आरोहण भएको थियो । उद्यपी, मौसममा आएको खराबीका कारण कतिपय आरोही आरोहण रद्ध गरेर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार