सोलुका १४४१ जनाले लगाए भेरोसेल खोप

  हिमाल समाचार
189 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा १४ सय भन्दा बढिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाईएको छ । जेठ २८ गतेबाट लगाउन सुरु गरिएको भेरोसेल खोप जिल्लाको आठ स्थानिय तहका १४ सय ४१ जनालाई लगाईएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमा भेरोसेल खोप ६० वर्ष उमेरदेखि माथिका जेष्ठ नागरिक तथा फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकताका आधारमा लगाईएको हो । स्वास्थ्य कार्यालयल सबैभन्दा बढि खुम्बु पासाङल्हामु गाउँपालिकामा ३३० जनालाई खोप लगाईएको छ ।

लिखुपिके ७५, सोताङ गाउँपालिकामा ७५, महाकुलुङमा एक सय, माप्य दुधकोशीमा १५०, थुलुङ दुधकोशीमा दुई सय, नेचासल्यान गाउँपालिकामा १८० र सोलुदुधकुण्ड नगरपालिकामा २७० जनालार्ई खोप लगाईएको स्वास्थ्य कार्यालयका कार्यालयका सुचना अधिकारी रामनारायण शाहले जानकारी दिए ।

नागरिकको माग अनुसार खोप नआउँदा खोप लगाउन समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जेष्ठ नागरिक तथा फ्रन्टलाईनमा खटिएकालाई लगाईएको भेरोसेल खोपमा युवाहरुले पनि खोप लगाउन पाउनुपर्ने माग गरेका थिए । तर चाहाना अनुसार खोप लगाउन नपाएको शाहले बताए ।

यसैबीच, चिन सँग सिमानासँग जोडिएका क्षेत्राम सबै नागरिकलाई खोप लगाउने अभियान अन्तरगत खुम्बुका १८ वर्ष माथिका नागरिकलाई खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार ४ हजार ५ सयका हाराहारीमा स्वास्थ्य सेवा विभागमा एक हप्ता भित्रमा खोपको जोहो गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार