यि हुन युरो कपको १६ औँ संस्करणका सेमिफाइनलिष्टहरू

स्पेन, इटाली, डेनमार्क र इङ्ग्ल्यान्ड

  हिमाल समाचार
126 Shares

काठमाडाैँ:  युरो कपको १६ औँ संस्करणको सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको छ । शनिबार रातिबाट क्वाटरफाइनलका खेलहरू सकिएसँगै सेमिफाइनलमा पुग्ने ४ टोलीको छिनोफानो भएको हो ।

यसपटकको युरो कपमा स्पेन, इटाली, डेनमार्क र इङ्ग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इटली र स्पेनबीचको खेल जुलाई ६ मा तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ ।

दुवै खेल राति १२ : ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् ।

दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार