गार्मा माविले ‘प्लस टु’मा विज्ञान समूहको पढाई शुरु गर्ने

सोलुखुम्बु – जिल्लामै पहिलो पटक अग्रेजी माध्यमबाट अध्यापन शुरु गरेको सामुदायीक विद्यालय गार्मा माविले विज्ञान समुहको पठन पाठन सुरु गर्ने भएको छ ।

नयाँ शैक्षिक सत्र २०७८ बाट कक्षा ११ मा विज्ञान समुहको अध्यापन गराइने भएको हो । विज्ञान समुह लगायत अन्य साधारण धार तर्फको विषय अग्रेजी,गणीत, नेपाली लगायतका विषय समेत अध्यापन गराईने प्रधानाध्यपक विनोद सिं तामाङले जानकारी दिए ।

साधारण तर्फको विषय अध्यायपन गराउनका लागि सोलुदुधुण्ड नगरपालिकाले अनुमती प्रदान गरिसककोले नयाँ शैक्षिक सत्रबाटै कक्षा सञ्चालनको तयारी गरिएको प्रधानाध्यपक तामाङको भनाई छ । साधारण धार तर्फको विषय अध्यापनका लागि सोलुदुधुण्ड नगरपालिकाले आर्थिक तथा शैक्षिक सामाग्री उपलब्ध गराउने भएको छ भने अन्य दातृ निकायहरु हिमालयन केयर फाउन्डेसन, रिड नेपाल, क्लास रुम इन द क्लाउड लगायतको दातृ सस्थाहरुले सहयोग गरेका छन् ।

जिल्लामै पहिलो पटक कृषि प्राविधिक विषय अध्यापन गराउदै आएको गार्मा माविले साधारण धार तर्फका विद्यार्थीको चापलाई मध्यनजर गरि नयाँ विषय शुरुवात गर्ने लागिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए । निकट भविष्यमा कक्षा ९–१२ मा आई.टि. कक्षा सञ्चालनको योजना समेत रहेको विब्यस अध्यक्ष शेर्पाले बताए ।

उक्त सामुदायीक विद्यालयमा यस अघि देखि नै फरक क्षमता भएकाहरुका लागि सुस्त श्रवण कक्षा संचालन भईरहेको छ । वि.स. २०१९ सालमा स्थापना भएको विद्यालयले गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीका लागि छात्राबासको समेत प्रबन्ध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार