विद्यार्थीलाई सिम कार्ड वितरण गर्दै नेचासल्यानका दुई विद्यालय

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका भित्र दुई माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई सिम कार्यर्ड वितरणको तयारी थालेको छ ।

कोरोनाका कारण विद्यालय खुल्ने मिति टुंगो नभएपछि पठनपाठनलाई अघि बढाउन नेचासल्यान ४ स्थित केदार मावि र नेचासल्यान ३ स्थित हिमाल दर्शन माविले विद्यार्थीलाई नेपाल टेलिकमले वितरण गर्ने सियूजी सिम कार्ड निशुल्क उपलब्ध गराउने तयारी गरिएको हो ।

त्यसको लागि साउन १० सम्मको म्याद राखेर अभिभावकको नागरिकता प्रतिलिपी, अभिभावक र विद्यार्थीको एक–एक प्रति फोटो सहित नाम दर्ताको लागि आब्हान गरिएको छ । दर्ता संख्याको आधारमा सियूजी सिम खरिद गरेर निशुल्क वितरण गर्ने तयारी गरिएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

न्यूनतम रकम रिचार्ज पछि महिनाभर सियूजी टु सियूजी सिम निशुल्क बोल्न मिल्ने भएकाले पनि पठनपाठन र सिकाई प्रक्रियालाई अघि बढाउन सहज हुने आशा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार