सोलुमा स्याउ उत्पादन घट्दो

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा स्याउ उत्पादन घट्न थालेको छ । सल्लेरी, केरुङ, गोरा च्याल्सा, टाक्सिन्दु, गार्मा, तामाखानी, चौरी खर्क, बेनी, तिङ्ला, गोली, भकान्जे, क्षेत्रमा स्याउ उत्पादन घटेको छ ।

जिल्लामा स्याउ उत्पादन क्रमश घट्दै गएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सुचना अधिकारी कुलबहादुर राईले जानकारी दिए । फूल फुल्ने समयमा बादल लाग्ने, पानी पर्ने लगायत जलवायु परिवर्तनका कारणले स्याउको परागसेचन नै नहुँदा स्याउ फल्न छाडेको राईको भनाई छ ।

बागबानी केन्द्रमा पनि स्याउ उत्पादनमा कमी आएको छ । जिल्लामा २३२ हेक्टर जमिन स्याउ उत्पादनका लागि उपयुक्त जमिन छ । तर बर्षमा १ हजार १९५ मेट्रिक टन मात्रै स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

पुराना बोटहरु मासिनु, वातावरण प्रतिकुल बन्दै जानुले पनि स्याउ उत्पादनमा गिरावट आएको कृषकहरु बताउँछन् । अहिले स्याउ फल्ने सिजन हो तर बोटमा पहिलाको तुलनामा दाना कम लागेको छ भने फलेका स्याउको स्वाद र बाहिरी बनावट आकर्षक छैन ।

भिडियो पनि हेर्नुहोस् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार