चिसंखुगढी गाउँपालिकालाई (एफआईडिआर)जापानको स्वास्थ्य सामाग्री सहयोग

  हिमाल समाचार
217 Shares

ओखलढंगा – ओखलढंगाको चिसंखुगढी गाउँपालिकालाई कोरोना नियन्त्रण तथा रोकथाममा प्रयोग गरिने स्वास्थ्य सामाग्री प्राप्त भएको छ । सामाग्री पाएपछि कोरोना परीक्षण र नागरिकको उपचारमा टेवा पुग्ने गाउँपालिकाले जनाएको छ ।

एक्सन यूथ नेपालको समन्वयमा फाउण्डेशन फर इन्टरनेशनल विकास तथा राहत परियोजना (एफआईडिआर)जापानले अक्सिजन कन्सन्ट्रेटर ३ थान (१० लिटर), एन्टिजेन किट ५ सय थान, पिपिई एक सय थान, पल्स अक्सिमिटर १० थान गरि १० लाख भन्दा बढि रकमको स्वास्थ्य सामाग्री चिसंखुगढी गाउँपालिकालाई उपलब्ध गराएको हो ।

यी सामाग्री आज एक कार्यक्रमको आयोजना गरि परियोजनाका देशीय प्रतिनिधि केइको मइडरले गाउँपालिका अध्यक्ष निशान्त शर्मालाई हस्तान्तरण गरेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

परियोजनाका देशीय प्रतिनिधि केइकोले दशैँ तिहारमा देशविदेशबाट गाउँ फर्केनेको संख्या बढ्ने र कोरोना भाइरस संक्रमणको जोखिम भएकाले नियन्त्रणमा सहयोग पु¥याउन स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताईन् ।

सामाग्री ग्रहण गर्दै चिसंखुगढी गाउँपालिका अध्यक्ष शर्माले प्राप्त सामाग्रीलाई नागरिकको स्वास्थ्य उपचारमा भरपुर प्रयोग गर्ने प्रतिबद्धता जनाए । हिमाल एफ.एम. संग कुराकानी गर्दै चिसंखुगढीका स्वास्थ्य शाखा संयोजक थिर प्रसाद भट्टराईले कोरोना परीक्षण र अक्सिजन सहितको उपचारमा टेवा पुग्ने बताए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा एक्सन यूथ नेपालका परियोजना सहजकर्ता गुणवीर नेवार लगायतको उपस्थिती रहेको थियो । फाउण्डेशन फर इन्टरनेशनल विकास तथा राहत परियोजना (एफआईडिआर)जापानको आर्थिक सहयोगमा एकसन यूथ नेपालले ओखलढुंगाको चिसंखुगढी गाउँपालिका र सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कृषि र शिक्षा क्षेत्रमा काम शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार