मेरा पिक आरोहीलाई प्रधानमन्त्री देउवाद्वारा झण्डा हस्तान्तरण

काठमाण्डौँ – विश्व किर्तिमानीका लागि मेरा पिक आरोहणको तयारीमा रहेका शेर्पा समुदायका यूवाहरुलाई प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको झण्डा हस्तान्तरण गरेका छन् । विहिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको झण्डा हस्तान्तरण गर्दै आरोहण सफलताको शुभकामना दिए ।

शेर्पा समुदायको पराम्परागत नाच स्याबु् विधामा विश्व किर्तिमान राख्न ७ जिल्लाका १८ जना युवायुवतीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अवस्थित मेरा पिक (६,४७६ मिटर) आरोहण गर्ने छन् ।

कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनः स्थापित गर्न र विश्वमा सन्देश प्रवाह गर्न हिमाल आरोहण गर्ने एड्भेन्चर भिक्टोरी टिमका निर्देशक लक्ष्मण मिसन कार्कीले जानकारी दिए ।

शेर्पा इभेन्ट अर्गनाइजरले शेर्पा समुदायको परम्परागत नृत्य स्याबु्रलाई विश्वमा चिनाउने उद्देश्यले हिमाल आरोहणको तयारी गरेको संस्थाका प्रतिनिधि दिकु शेर्पाले बताइन् ।

आरोहीको टिम एड्भेन्चर भिक्टोरी टिम एजेन्सी मार्फत शुक्रबार काठमाडौंबाट महाकुलुङ तर्फ प्रस्थान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार