तिब्बतीयनलाई नागरिक सिफारिसमा सहयोग गरेको आरोपमा सोलुका ४ पक्राउ

  हिमाल समाचार
20.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा तिब्बतियन नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले सोलुदुधकुण्ड नगरपालिका २ बाट शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन सिफारिस लिएर आएकामाथि कर्मचारीले शंका व्यक्त गरेपछि अनुसन्धान थालिएको थियो । सिफारिस लिने व्यक्ति तिब्बतीयन भएको खुलेपछि सिफारिस दिलाउने प्रक्रियामा सहयोग गरेको आरोपमा सोलु बेनीका ४ व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

ती व्यक्तिलाई म्याद थप गरेर अनुसन्धानको तयारी गरिएको छ । त्यसपछि मात्र घटनाबारे विस्तृत जानकारी दिने प्रहरीले बताएको छ । प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले घटनाबारे अनुसन्धान शुरु बताए ।

झुटो विवरण पेश गरेर सिफारिस लिएको यो दोस्रो घटना हो भने देश बाहिरका नागरिकलाई सिफारिस गरिएको घटना जिल्लामै पहिलो मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार