जबरा अस्पताल भर्ना,न्यायधिशहरूबीच छलफल सुरू

  हिमाल समाचार
0 Shares

काठमाडौं- सर्वोच्च अदालतका न्यायधीशहरु र नेपाल बार एशाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ तथा सर्वोच्च बार एशाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी भएर अस्पताल भर्ना भएपछि वरिष्ठत न्यायाधीशलाई कायममुकायम नतोकिएको भन्दै नेपाल बारले आपत्ति जनाएपछि सर्वोच्चका न्यायाधीशहरु र दुवै बारका अध्यक्षबीच छलफल सुरु भएको हो ।

नेपाल बारले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा वरिष्ठतमलाई जिम्मेवारी दिनुपर्ने संवैधानिक प्रावधानको उल्लंघन भएको जिकिर गर्दै वरिष्ठतम न्यायाधीशलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी दिन माग गरेको छ ।

सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिए पनि वरिष्ठलाई कार्यवाहक नदिएको भन्दै हिजो न्यायाधीशले मुद्दाको सुनुवाइ रोकेका थिए । आज सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको पेशी तोकिएको छैन् ।

यता  सत्तारुढ दलका नेताहरुले प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश जबरा विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो । बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको जानकारी दिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पाटी(जसपा) का अध्यक्ष उपेन्द्र यादव,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

न्यायालयमा सुधारको माग गर्दै नेपाल बार एसोसियसन र त्यसमा आवद्ध कानून व्यवसायीहरुले एक महिना भन्दा बढी समयदेखि आन्दोलन गर्दे आएका छन् । उनीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग पनि गरेको छन् । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि अहिले अस्पताल भर्ना भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार