शेर्पा निवासमा पुगे गृहमन्त्री खाँण र कांग्रेस नेता सिंह

  हिमाल समाचार
16.2k Shares

काठमाण्डौँ । नेपाल सरकारका गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र कांग्रेस नेता प्रकाशमान सिंह नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा निवास पुगेका छन् ।

कांग्रेस नेता शेर्पाका पिता तथा सोलुखुम्बुका पुराना नेता नुर्बु वाङ्डा शेर्पाको निधनपछि शेर्पा परिवारलाई समबेदना दिन बुधबार दिउँसो गृहमन्त्री खाँण र कांग्रेस नेता सिंह शेर्पा निवास काठमाण्डौको निलो पुल पुगेका हुन् । नेता खाँण र सिंहले दिवंगत नेता शेर्पाको फोटोमा माल्यार्पण गरेका थिए ।

कलेजोको रोगबाट पीडित शेर्पाको अघिल्लो सोमबार साँझ काठमाण्डौमा निधन भएको थियो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ का स्थायी बासिन्दा उनको पार्थिव शरिरको पौष १५ मा टेकुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार