एमाले केन्द्रीय सदस्य राई भन्छन्, ‘जनताले अनुभूत गर्ने विकास एमालेले मात्र गर्न सक्छ’

  हिमाल समाचार
805 Shares

सोलुखुम्बु – नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राईले जनताले अनुभुती गर्ने खालको विकास एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने दाबी गरे ।

नेकपा एमाले सोलखुुम्बुको ७ औ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै राईले आगामी निर्वाचनबाट जिल्लामा पनि एमाले पहिलो शक्ति बन्ने बताए । त्यसको लागि पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिने उनले बताए ।

नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले जिल्लामा पनि एमाले गुटरहितको बनेको बताए । सहमतिबाटै नेतृत्व चयनको कोशिस हुने उनले बताए ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले देशमा लोकतन्त्र स्थापना गर्नका लागि एमाले र काँग्रेसले खेलेको भुमिका स्मरण गर्दै विकासको एजेण्डामा कांग्रेस एमालेबीच सहकार्य आवश्यक रहेको बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाले देशको राजनितिक परिवर्तनका लागि एमालेले भूमिका महत्वपुर्ण रहेको बताउदै जिल्ला नेतृत्व सक्षम छनौट गर्ने बताए ।

जारी अधिवेशनले नेतृत्व चयनमा सहमतिलाई प्राथमिकतामा राख्ने एमाले सचिव आशकुमार राई शिशिरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार