बहुप्रतिक्षित सोलु करिडोरको परीक्षण प्रसारण आईतबारदेखी

  हिमाल समाचार
2k Shares

सोलुखुम्बु – नेपाल सरकारको प्राथमिकता प्राप्त बहुप्रतिक्षित सोलुकरिडोर १३२ केभि प्रसारण लाईनको आईतबारबाट परीक्षण प्रसारण गरिने भएको छ ।

उदयपुरको कटारी मरुवाका स्थानीयको अबरोधका कारण समयमै काम सम्पन्न हुन नसकेको आयोजनाले अदालतको फैसला पछि आवश्यक काम सकेर परीक्षणको प्रसारणको तयारी गरेको हो ।

मिर्चैया देखि तिंलाको लाम्माने सव स्टेशनसम्म करिब ९० किलोमिटरको दुरीमा विद्युत टावर र तार टाग्ने काम सके सँगै परीक्षण प्रसारण गर्न लागिएको अयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए ।

नेपाल सरकार र भारतीय आयात–निर्यात बैंकको सहुलियत ऋणमा सम्पन्न आयोजनाले सोलुखुम्बुमा निर्माणाधिन जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने काम गर्दछ ।

आयोजना समयमै सम्पन्न नुहँदा सोलुखुम्बुमा उत्पादित अपर सोलु २३.५ मेगावाटको उत्पादित विद्युत खेर गइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार