सोलुदुधकुण्डले ११ वटै वडामा अपाङ्गता रोकथाम शिविर गर्दै

  सुस्मा बस्नेत
133 Shares

सोलुखुम्ब – सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना शिविर सञ्चालन हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिकाले कोशी प्रदेश सरकार र करुणा फाउण्डेसनसँगको लागत साझेदारीमा ११ वटै वडामा शिविर सञ्चालन गर्ने भएको हो ।

यहि वैशाख ४ गतेबाट सुरु भई १४ गतेसम्म जारी रहने शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको विषेशज्ञ चिकित्सा प्राविधिद्वारा प्रारम्भिक जाचँ तथा आवश्यकता पहिचान गरिने प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख ४ गते वडा नम्बर १ टाक्सिन्दु, ५ गते वडा नम्बर २ वेनी, ६ गते वडा नम्बर ३ वडा तामाखानी, ७ गते वडा नम्बर ४ फाप्लु र साथै वडा नम्बर ५ सल्लेरीमा शिविर सञ्चालन हुने छ ।

यस्तै वैशाख ८ गते वडा नम्बरं ५ जैदु, ९ गते वडा नम्बर ६ दोर्पू, १० गते वडा नम्बर ७ गार्मा, ११ गते वडा नम्बर ८ केरुङ, १२ गते वडा नम्बरं १० फताञ्जे, १३ गते वडा नम्बर ९ वडा गोराखानी र १४ गते वडा नम्बर ११ तिङ्लामा शिविर हुने उहाँले बताउनुभयो ।

शिविरमा सेवा लिन आउदा नागरिकता, बच्चाको हकमा जन्मदर्ता, परिचयपत्र लिएकाहरुले अपाङ्गता परिचय पत्र र नयाँ परिचय पत्र लिनेको हकमा ४ प्रति फोटो अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार