गोराखानी वडा कार्यालयको भवन शिलान्यास, मेयर शेर्पाले के भने ?

  हिमाल समाचार
3.7k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ९ गोरखानीमा वडा भवन शिलान्यास गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बुधबार एक कार्यक्रमका बिच ६६ लाखको लागतमा बन्ने वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यासपछि मेयर शेर्पाले आगामी असार मसान्त भित्रमा वडा भवन निर्माण काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । फरक सन्दर्भमा बोल्दै मेयर शेर्पाले गोरा–टाप्टीङ–केरुङ क्षेत्रका नागरिकलाई बैंकिङ कारोबारको लागि सल्लेरी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न पायक पर्ने स्थानमा शाखारहित बैंकिङ सेवाको शाखा स्थापना गर्ने बताए ।

उनले ग्रामिण विद्युतिकरणको काम धमाधम भईरहेकाले निर्वाचन अघि विद्युत विस्तारको काम सम्पन्न गर्ने, गोरा, केरुङ, टाप्टिङ क्षेत्रको सुविधाको लागि १५ बेडको हस्पिटल संचालनका लागि नगरपालिकाले जनशक्ति व्यवस्थापन गर्ने र चट्याङघाटमा निर्माणाधिन पुल निर्माण पनि चालु आर्थिक बर्षमै सम्पन्न गर्ने समेत बताए ।

वडा भवन निर्माणका लागि स्थानिय वीरवल तामाङ, खावाङ तामाङ र पेम्बा तामाङलेबुबा आमाको नाममा साढे दुई रोपनी, पासाङ तामाङ र फुरी माया तामाङले एक रोपनी निशुल्क जग्गा उपलब्ध गराएका हुन् ।

कार्यबाहक वडाध्यक्ष ङिमा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर कल्पना राई, नगर प्रवक्ता शारदा माया तामाङ, कार्यपालिका सदस्य सरिता राई, स्थानिय लगायतको उपस्थिती रहेको संवाददाता पेमाछिरे तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार