टाक्सिन्दुमा सम्पन्न भलिबलमा केरुङ र जुभिङलाई उपाधि

  हिमाल समाचार
364 Shares

सोलुखुम्बु – सोलुखुम्बुको टाक्सिन्दुमा सम्पन्न चिचिलिया क्राभेरी मेमोरियल टुर्नामेन्ट २०२२ को खुल्ला पुरुष भलिबल तर्फकोे उपाधि सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ र महिला तर्फको उपाधि माप्य दुधकोशी गाउँपालिका–१ जुभिङले हात पारेको छ ।

नुनथलामा समाबेशी युथ क्लबले आयोजना गरेका पुरुष भलिबल तर्फ द्धितिय स्थान खुम्बुपासाङल्हामु गाउँपालिका १ खरिखोला र तृतीय स्थान माप्यदुधकोशी गाउँपालिका–६ वाकुले हात पारेकोे छ । महिला तर्फ द्धितिय स्थान माप्यदुधकोशी गाउँपालिका–६ हाकुलाले हात पार्दा माप्य दुधकोशी गाउँपालिका–५ काँकु तृतीय बनेको छ । विजेताले ७५ हजार, ५० हजार र ३५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

टुर्नामेन्ट अन्तरगतको लोकदोहोरी तर्फ सुनौलो बिहानि ढुङ्गेटार सामुदायिक संस्था प्रथम, मगर सेवा समाज द्धितिय र दलित सामुदायिक संस्थाले तृतिय स्थान ओगटेका छन् । विजेताले ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाण्पत्र प्राप्त गरेका छन् । नृत्य तर्फ अजम्बरि सामुदायिक संस्था प्रथम, सृजनशिल महिला समुह द्धितिय र भुमेस्थान सामुदायिक संस्था तृतिय भएका छन् । विजेतालाई ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्रदान गरिएको छ ।

सोही अवसरमा जिल्लामै पहिलो पटक सबैभन्दा ठुलो राशिको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । मोनभिसो फाउण्डेसनको प्रायोजनामा जिल्लाव्यापी कक्षा ८ स्तरिय निबन्ध प्रतियोगिताको टाक्सिन्दु माविको समूह प्रथम र द्धितीय बन्दा, गार्मा माविले तृतीय स्थान हात पारेको कार्यक्रम संयोजक सरिता राईले जानकारी दिईन् । विजेता विद्यार्थीलाई क्रमश ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको छ । फोटो – प्रकाश खालिङ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार