सोलुखुम्बु – सोलुखुम्बुलाई यहि चैत्र २९ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ ।
साक्षरता अभियान जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले चैत्र २९ गते मंगलबार औपचारिक समारोहका विच साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।
आठ वटा स्थानीय तह रहेको सोलुखुम्बुको ७ पालिका साक्षरता घोषणा भईसकेको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिका घोषणा हुन बाँकी रहेको छ ।
जिल्ला शिक्षा समन्वय इकाई सोलुखुम्बुका अनुसार जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ९६.९२ प्रतिशत, थुलुङ दुधकोशी गाउँपालिकामा ९८.५, नेचासल्यानमा ९७, माप्यदुधकोशीमा ९७.०८, सोताङमा ९७.८४, महाकुलुङमा ९५.३९ र लिखुपिकेमा ९५.९ प्रतिशत जनसंख्या साक्षर रहेको छ ।