थुलुङ दुधकोशीमा असिम र सविता जित नजिक

  हिमाल समाचार
4k Shares

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई जित नजिक पुगेका छन् । ९७८८ मत खसेको थुलुङ दुधकोशीमा ८५५१ मतगणना हुँदा नै माओवादी केन्द्रका उम्मेदवारहरु जित नजिक पुगेका छन् ।

पालिका अध्यक्षका उम्मेदवार राईले ३५८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीर बहादुर गुरुङले ३०९० मत प्राप्त गरेका छन् । झण्डै ५ सय मतले अग्रता लिएका राई पालिका अध्यक्षमा दोहोरिने पक्का जस्तै बनेको छ । उनी २०७४ को निर्वाचनमा पनि कांग्रेसका उम्मेदवारलाई पराजित गरेर अध्यक्षमा निर्वाचित बनेका थिए ।

त्यस्तै, पालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकी उम्मेदवार सविता राईको अग्रता छ । राईले ३३५१ मत प्राप्त गर्दा कांग्रेसकी एका कुमारी कार्कीले ३०८१ मत ल्याएकी छिन् । झण्डै ३ सय मतान्तर रहेको उपाध्यक्ष पनि माओवादी केन्द्रले जित्ने लगभग पक्का देखिएको छ । थुलुङ दुधकोशीमा नेकपा एमाले भने प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

एमालेबाट अध्यक्षका उम्मेदवार आङबाबु राईले १३४१ मत ल्याउदा उपाध्यक्षका उम्मेदवार कल्पना गिरीले १५१८ मत ल्याएकी छिन् । अहिले गणना भएको काँगेल, देउसा ८ र जुबु ५ मा माओवादी केन्द्रका उम्मेदवारले नै अग्रता लिइरहेका छन् ।

वडा नं १ नेलेमा कांग्रेसका घनराज सुनुवार, वडा नं ३ मा कांग्रेसकै इन्द्रमणी दाहाल (राजन), वडा नं ४ मा कांग्रेसका श्याम गुरुङ, वडा नं ६ मा कांग्रेसकै महेन्द्रदीप राई, वडा नं ७ मा माओवादी केन्द्रका भोजराज कार्की र वडा नं ९ मा माओवादीकै सन कुमार तामाङ वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार