रीड नेपाललाई दिगो विकासका लागि ‘जीवन विकास पुरस्कार–२०७७’

  हिमाल समाचार
504 Shares

काठमाण्डौँ । दिगो विकासको चौथो लक्ष्य अन्तर्गत गुणस्तरीय शिक्षाको उद्देश्य पुरा गर्ने कार्यमा अतुलनीय योगदान पु¥याए वापत ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) पुरस्कृत भएको छ ।

२०७७ सालमा जीवन विकास समाजले दिगो विकासका क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्याउने उद्देश्यले सो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने गैरसरकारी संघ संस्था, सामुदायिक शैक्षिक संस्था तथा पत्रकारलाई प्रतिस्प्रर्धामा भाग लिन आवेदन माग गरेअनुसार प्रतिस्पर्धामा उत्रिएको रीड नेपाल पहिलो विधा अन्तर्गतको ५ लाख सहित पुरस्कृत भएको हो ।

राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार वितरण गरेकी हुन् । रीड नेपालकी अध्यक्ष निरा शाक्य र प्रमुख कार्यकारी अधिकृत भिमबहादुर बोगटीले पुरस्कृत रकम र सम्मान ग्रहण गरेका छन् ।

रीड नेपाल दुई दशकदेखि हिमाली तथा दुर्गम जिल्लाहरुका ग्रामीण भेगको गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार