शिक्षक हटाउने निर्णयले खुम्बु सरकार आलोचित, पुर्नवहाली नगरे ताला लगाउने चेतावानी

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका शिक्षक हटाउने निर्णयका कारण आलोचित बनेको छ । वडा नम्बर १ स्थित नौलेख आधारभूत विद्यालयमा विगत १३ वर्षदेखि अध्यापन गराउँदै आएका दुई शिक्षकलाई हटाउने निर्णयले पालिका आलोचित बनेको हो ।

नौलेख स्वीस फाउण्डेशनको सहयोगमा संचालित विद्यालयका दुई निजि शिक्षकहरु आङ काण्डी शेर्पा र जाङ्बु शेर्पालाई विभिन्न कारण देखाउँदै पालिकाले हटाउने निर्णय गरेको थियो ।

आङ काण्डी शेर्पालाई वैशाख १५ देखि ३१ गतेसम्म विद्यालयमा अनुपस्थित रही राजनीतिक दलको कार्यक्रममा सहभागी भएको र जाङ्बु शेर्पा लामो समयसम्म विद्यालयमा हाजिर नभएको भन्दै लिखित स्पष्टीकरण सोधेको थियो ।

पालिकाको जेठ ३१ गतेको पत्र अनुसार दुवै शिक्षकले स्पष्टीकरण बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै पालिकाले दुवै शिक्षकलाई साउन १ गते देखि हटाउने निर्णय गरेको थियो ।

अहिले ती शिक्षकलाई विद्यालयमा हाजिर गर्न नदिएको सम्वाददाता ल्हाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिए । सो विषयलाई लिएर साउन १० गते उक्त विद्यालय क्षेत्र पैंयाँका स्थानीय, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुको भेला बसीे हटाइएका शिक्षकहरुलाई पुर्नवहाली गर्न माग गर्ने निर्णय गरिएको थियो ।

भेलाले गरेको निर्णय आज (बुधबार) वडा कार्यालयमार्फत गाउँपालिकामा बुझाइएको छ । पैंयाँबासीले आफुहरुको माग असार १४ गतेभित्र सुनुवाई नभए विद्यालयमा ताला लगाएर पालिकाको कार्यालयमा आ’न्दोलन गर्ने चेतावनी दिएका छन् ।

शिक्षकलाई हटाउने विषयमा पालिकाले राजनीतिक प्रतिशोध साँधेको स्थानीयको आरोप छ । पाँच वडा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा वडा नम्बर एक बाहेक पालिका अध्यक्ष र उपाध्यक्षसहित सबै वडा नेकपा एमालेले जितेको छ । तर वडा नम्बर १ भने नेपाली कांग्रेसले जितेको थियो ।

स्थानीयको भेलाले गरेको निर्णय-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार