सोलुमा ३ जना विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए

  सुबास दर्नाल
588 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ जना विद्यार्थीले ३ दशमलव ६ देखि ४ जीपीए प्राप्त गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा साधरण धारका २ जना र प्राविधिक धारका एक जनाले ३ दशमलव ६ देखि ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।

कार्यालय प्रमुख खगेन्द्र श्रेष्ठका अनुसार जिल्लामा सबै भन्दा बढी ह्वाइट हिल्स् सेकेन्डरी स्कूलका छात्रा रुप्रासा श्रेष्ठले ३ दशमलव ८५ जीपीए प्राप्त गरेकी छन् ।

सामुदायिक विद्यालयतर्फ केदार माध्यमिक विद्यालय सल्यानका छात्र प्रज्वल बाबु बास्तोलाले ३ दशमलव ६० जीपीए र प्राविधिक धारतर्फ गार्मा मावि गार्माका छात्र उमेशजंग खत्री ३ दशमलव ६४ जीपीए प्राप्त गरेको इकाईले जनाएको छ ।

यस्तै ६६ जनाले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ३५२ जनाले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, ७३६ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ५७२ जनाले २ देखि २ दशमलव ४ जीपीए, १३३ जनाले १ दशमलव ६ देखि २ जीपीए र ११ जनाले १ दशमलव २ देखि १. ६ जीपीए प्राप्त गरेका छन् ।

सोलुखुम्बुमा यस वर्ष ५१ वटा विद्यालयका १ हजार ८ सय ७३ जना विद्यार्थी एसईई परिक्षामा सामेल भएका थिए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा देशभरका र्२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार