३.८५ जीपीए प्राप्त गरि रुप्रासाले गरिन् सोलुखुम्बु जिल्ला टप

  हिमाल समाचार
5.8k Shares

सोलुखुम्बु – यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबै भन्दा बढी जीपीए प्राप्त गरि रुप्रासा श्रेष्ठले सोलुखुम्बु जिल्ला टप गरेकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार ह्वाइट हिल्स् सेकेन्डरी स्कूल सल्लेरीका छात्रा श्रेष्ठले ३ दशमलव ८५ जीपीए प्राप्त गरि जिल्ला टप गर्न सफल भएकी हुन् ।

दोश्रोमा गार्मा माध्यमिक विद्यालय गार्मा प्राविधिक धारतर्फका छात्र उमेशजंग खत्रीले ३ दशमलव ६४ जीपीए प्राप्त गरे । तेश्रोमा केदार माध्यमिक विद्यालय सल्यानका छात्र प्रज्वल बाबु बास्तोलाले ३ दशमलव ६० जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्लामा ६६ जनाले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ३५२ जनाले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, ७३६ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ५७२ जनाले २ देखि २ दशमलव ४ जीपीए, १३३ जनाले १ दशमलव ६ देखि २ जीपीए र ११ जनाले १ दशमलव २ देखि १. ६ जीपीए प्राप्त गरेका छन् ।

सोलुखुम्बुमा यस वर्ष ५१ वटा विद्यालयका १ हजार ८ सय ७३ जना विद्यार्थी एसईई परिक्षामा सामेल भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार