रीड नेपालले सुरु गर्‍यो नगर शिक्षामा भईपरि आउने योजना निर्माण

  हिमाल समाचार
427 Shares

सोलुखुम्बु – नगर शिक्षामा भईपरि आउने योजना निर्माण सम्बन्धिको कार्यक्रम सोलुदुधकुण्ड नगरपालिकामा सुरु भएको छ । रीड नेपालको आयोजनामा दुई दिने योजना निर्माण कार्यक्रम आज(मंगलबार)बाट सल्लेरीमा सुरु भएको हो ।

सम्भावित विपत जोखिम, विपतको अभिलेख संकलन, न्यूनिकरणको उपाय, विपतको समयमा शिक्षा क्षेत्रलाई कसरी चलायमान बनाउने लगायतका विषयमा कार्यक्रम केन्द्रित हुने रीड नेपाल सोलुखुम्बुका संयोजक केशवदेव गिरिले जानकारी दिए ।

तालिममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम अधिकारी, शिक्षा शाखा प्रमुख गोपालराज भूजेल, वडाअध्यक्षहरु, ५ वटा माविका प्रध्यानाध्यापक, महिला तथा बालबालिका शाखा प्रमुख लगायत २९ जनाको सहभागिता रहेको छ ।

तालिमको सहजिकरण रीड नेपालका विपत जोखिम न्यूनिकरण टिम लिडर रामनाथ ओझा, विपत जोखिम न्यूनिकरणका प्रशिक्षक उत्सब बोगटी र शिक्षा विकास संयोजक केशवदेव गिरीले गरिरहेका छन् । रीडले सोही प्रकृतिको कार्यक्रम जिल्लाको आठ वटै स्थानीय तहमा गर्ने जनाएको छ ।

शिक्षाको गुणस्तर बृद्धिको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था रीड नेपालले हाल नगरपालिकाका २४ सहित जिल्लाभर १०९ वटा विद्यालयसँग सहकार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार