नवौँ राष्ट्रिय खेलकुद-सोलुखुम्बुबाट १९४ खेलाडी छानिए

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु – आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुमा खेलाडी छनौट कार्य सकिएको छ । भदौ ७ गतेबाट सुरु भएको छनौट प्रतियोगिता भदौ १२ गते आईतबार सकिएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ ।

प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागी बन्ने गरि जिल्लाबाट विभिन्न १२ विधामा १९४ जना खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले बताए ।

भलिबलका लागि पुरुष २५ र महिला २२ जनाबाटबाट महिला/पुरुष १२/१२ जना, चेस पुरुष २ जना र महिला ३ जना, फुटबल पुरुष ४८ र महिला २३ जनाबाट १६/१६ जना, कवडी पुरुष १८ र महिला ११ जनाबाट ९/९ जना, र टेबलटेनिस महिला ५ र पुरुष ८ जनाबाट ३/३ जना छनौट भएका छन् ।

यस्तै एथ्लेटिक्स महिला १० र पुरुष १२ जना, व्याडमिन्टन पुरुष १६ र महिला ६ जनाबाट पुरुष ४ र महिला ३ जना, जुडो पुरुष ७ र महिला ११ जनाबाट पुरुष ५ र महिला ७ जना, आर्चरी पुरुष ८ र महिला ६ जना, तेक्वान्दो पुरुष ८८ र महिला ७४ जनाबाट १४/१४ जना, र क्यूकोशियन कराँते पुरुष ७ जना र महिला ५ जना छनौट भएका छन् ।

छनौट प्रतियोगिता मध्ये पुरुष फुटबल र तेक्वान्दो नेचासल्यानमा र बाँकी खेलहरु सल्लेरीमा सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार