सोलुमा मापसे चेकजाँच सुरु

  हिमाल समाचार
3k Shares

सोलुखुम्बु : सोलुखुम्बुमा मापसे चेकजाँच सुरु गरिएको छ ।

चाडपर्वमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजबाट मापसे चेकजाँचलाई सुरु गरेको हो ।

चाडपर्वहरुमा मादक पदार्थ सेवन गरि सवारी चलाउने भएकाले यसलाई नियन्त्रण गर्न प्रहरी सक्रिय भनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहले जानकारी दिए ।

उनका अनुसार हरेक दिन लामो तथा छोटा दुरिका सवारी चालकलाई अनिवार्य चेकजाँच गरिने छ ।

साथै नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै सवारी चेकजाँचलाई कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज कृष्ण कुमार कटवालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार