गुदेल माविले हिरक महोत्सव मनाउने

  हिमाल समाचार
427 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलमा जिल्लाव्यापी प्रथम विद्यालय हिरक महोत्सव हुने भएको छ ।

गुदेल माविको आयोजनामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा माघ १२ गते देखि १६ गते सम्म महोत्सव हुने संवाददाता युमन खालिङले जानकारी दिए ।

कलाकारहरुमा वरिष्ठ गायक शम्भु राई, चर्चित गायिका सुनिता थेगिम, चर्चित गायिका लिला राई, संगीत प्रभाकर गायक राजेन्द्र केरुङ, गायक अजय अलंकार (कुलुङ) को उपस्थिति हुने आयोजकले जनाएको छ ।

त्यस्तै मोडल मनिता राई (कुलुङ), नृत्याङ्गना तथा मोडल बिनिता राई लगायत कलाकारहरुको उपस्थितिमा महोत्सव हुने भएको हो ।

महोत्सवको शोभा बढाईदिनका लागि विभिन्न संघ सस्था, बुद्धिजिवी, समाजसेवी लगायतलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार