नेराकस (निजामती) ऐसेलुखर्कको अध्यक्षमा खनाल

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु : नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा स्वदेश खनाल चयन भएका छन् ।

बुधबार सम्पन्न अधिवेशनबाट खनालको अध्यक्षतामा १० सदस्यीय समिति चयन गरिएको हो । समितिको उपाध्यक्ष तारा खतिवडा, सचिवमा प्रविण मुग्राती, सह-सचिवमा सुशिला घिमिरे र कोषाध्यक्ष युवराज फुयलचयन भएका छन् ।

सदस्यहरुमा पंकज आचार्य, वीरेन्द्र रोकाय, धन कुमार खत्री र सुमन तामाङ रहेका छन् । साथै अधिवेशनले निरकुमार बस्नेतको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा श्याम यादव, प्रकाश यादव र सुरेन्द्र कुमार ठाकुर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार