सोलुखुम्बु : सकियो गुदेल माविको प्रथम हिरक महोत्सव

  हिमाल समाचार  439 पटक हेरिएको

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलमा ५ दिनदेखि जारी हिरक महोत्सव सकिएको छ । गत विहिबारबाट सुरु भएको गुदेल माविको प्रथम ऐतिहासिक हिरक महोत्सव सोमबार सकिएको हो । महोत्सव विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा बृहद् सांगितिक साँझका साथ सकिएको आयोजकले जनाएको छ ।

जिल्ला व्यापी पुरुष भलिबलमा विरेन्द्र ज्योति मावि सोताङ प्रथम, गुदेल मावि गुदेल द्वितिय, सगरमाथा मावि तृतिय र छेस्काम मावि सान्त्वना भएको संवाददाता युमन खालिङले जानकारी दिए ।

महिला भलिबलतर्फ छेस्काम मावि प्रथम, सगरमाथा मावि द्वितिय, विरेन्द्र ज्योति मावि तृतिय र गुदेल मावि सान्त्वना भएका छन् । प्रतियोगितामा स्थान ओगट्न सफल महिला र पुरुष भालिबलका प्रतियोगिहरुलाई क्रमश नगद ५० हजार, ४० हजार, ३० हजार र २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

मावि स्तरीय हाजिर जवाफ प्रतियोगितामा गुदेल मावि गुदेल (बि) प्रथम, धर्मपिक बोडिङ स्कुल द्वितिय, सगरमाथा मावि तृतिय र छेस्काम मावि सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

जिल्लाब्यापी अन्तर शिक्षक डबल व्याडमिन्टनमा हुङ्गा माविका बासु नाछिरिङ राई र गङ्गुराम राई प्रथम, गुदेल माविका छलकराम राई र नबिन्द्र राई द्वितिय, बिरेन्द्र ज्योति माविका ईन्द्र प्रसाद तिम्सिना र प्रकाश गौतम तथा जनचेतना आविका दिपक राई र आसकुबिर राईको दुई टिम तृतिय भएका छन् ।

स्थान ओगट्न सफल प्रतियोगिहरुलाई क्रमश नगद ८ हजार, ६ हजार र २÷२ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । क्षेत्र स्तरीय नत्य प्रतियोगितामा हिमचुली आधारभुत (बुङ) प्रथम, छेस्काम मावि द्वितिय, गुदेल मावि तृतिय र सगरमाथा मावि सान्तवना भएका छन् ।  ति विद्यालयहरुलाई क्रमश नगद १० हजार, ८ हजार, ६ हजार र ४ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा गरिएको महोत्सवको सांगितिक साँझमा वरिष्ठ गायक शम्भु राई, चर्चित गायिका सुनिता थेगिम, चर्चित गायिका लिला राई, संगीत प्रभाकर गायक राजेन्द्र केरुङ, गायक अजय अलंकार (कुलुङ), मोडल मनिता राई (कुलुङ), नृत्याङ्गना तथा मोडल बिनिता राई लगायत कलाकारहरुले प्रस्तुति दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार