सोलुखोला दुधकोशी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडियो

  हिमाल समाचार
343 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माण सम्पन्न ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । निजि क्षेत्रकै सबैभन्दा ठुलो लगानी रहेको साहास उर्जा कम्पनी लिमिटेडद्वारा प्रबद्र्धित सो आयोजना शुक्रबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

अघिल्लो साता देखि परीक्षण उत्पादनको क्रममा रहेको आयोजनाले सबै उपरकणहरुको परिक्षण सफल भएपछि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास उर्जा लि.का अध्यक्ष हिम पाठकले बताए । करिब २ हप्ताको परिक्षण उत्पादन गरेपश्चात पश्चात व्यवसायी उत्पादन थाल्ने उनको भनाई छ ।

सोलुदधुकण्ड नगरपालिका ११ स्थित सोलुखोलाको पानी ४ हजार ६ सय ७९ मिटर लामो सुरुङ मार्ग र १९ सय ३८ मिटर लम्बाईको पाईप लाईन मार्फत थुलुङदुधकोशी ३ मैकुबेसिमा खसाई ८६ मेगावाट विद्युत उत्पादन गरिएको हो ।

नदि प्रवाहमा आधारित उक्त विद्युत आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ । साहास उर्जाको विद्युत गृहदेखि लाम्माने सम्म १३ किलोमिटर ग्रिड निर्माण गरि आयोजनाले १३२ केभि प्रसारण लाईनमा जोडेको हो ।

२५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कुल लागतमा निर्माण सम्पन्न भएको छ । यस अघि सोलु खोलामै निर्माण भएको २३.५ मेगावाट क्षमताको अपर सोलु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ ।

सोलुखोलामा अझै १ सय ५० मेगावाट भन्दा बढी क्षमताका विद्युत आयोजनाहरु निर्माणको क्रममा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार