सल्लेरीको परिक्षामा सिडिओको नजर, भने–उच्छृखंल गतिविधि भए चुप लागेर बस्दैनौ

  हिमाल समाचार
2k Shares

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको एभ्रेष्ट मल्टिपल कलेजका बिएड तेश्रो वर्षको जारी परीक्षाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईसहितका व्यक्तिहरुले निरीक्षण गरेका छन् ।

गत बुधबार परिक्षा टाईड भएको भन्दै एक घण्टा परिक्षा अवरुद्ध गरेको समाचार बारिएसँगै आज(शुक्रबार) प्रजिअ भट्टराई जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख, पत्रकारसहित परिक्षा स्थल पुगेको टोलीले निरीक्षण गरेका हुन् ।

निरीक्षण पश्चात प्रजिअ भट्टराईले परिक्षालाई मर्यादित बनाउन विद्यालयलाई निर्देशन दिए । परिक्षालाई खुकुलो बनाउने बाहनामा कोहि कसैबाट कम्जोरी भएको पाइमा प्रशासन टुलुटुलु हेरेर नबस्ने उनले चेतावनी दिए ।

परिक्षा नियन्त्रकलाई विश्वविद्यालयले मर्यादित ढंगबाट परिक्षा सञ्चालनको जिम्मेवारी दिएर पठाएकाले सोही अनुसार काम गर्न आग्रह गर्दै त्यसका लागि सहयोग समन्वय गर्न प्रहरी प्रशासन तयार रहेको भट्टराईको भनाई छ ।

आफुले नेतृत्व गरेको जिल्लामा कुनै पनि गलत कार्य हुन नदिने भन्दै शिक्षा दिने कलेजहरुले पनि विद्यार्थीलाई सोही अनुसार ट्रेन सिकाउन आवश्यक रहेको बताए ।छलफलमा क्याम्पसका शिक्षकहरुले विद्यार्थीले व्यवहारिक पाटोलाई ध्यान दिदै परिक्षा खुकुलो गर्न माग गरेपनि आफुहरुले त्यस्तो हुन नदिएको प्रतिकृया दिए ।

गत शुक्रबार परिक्षामा केन्द्राध्यक्षले टाईड गरेको भन्दै विद्यार्थीहरुले एक घण्टा सम्म परिक्षा नै अवरुद्ध गरि परिक्षा हल नै बहिस्कार गरेका थिए ।पुर्वाञ्चल विश्वविद्यालय अन्तरगत गत फागुन २६ गतेबाट सुरु भएको बिएड तेश्रो वर्षको आईतबार सकिदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार