नेचा सरोकार समितिलाई ७० लाख रुपैयाँ दिन साहस उर्जा सहमत

  हिमाल समाचार
602 Shares

सोलुखुम्बु – साहस उर्जा कम्पनीले निर्माण गरेको सोलुखोला दुधकोशी जलविद्युत आयोजना ८६ मेगावाटले नेचा सरोकार समितिलाई एक मुस्ट नगद ७० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार साहस उर्जा कम्पनी लिमिटेडको कार्यालय पन्चनमा बसेको कम्पनी र सरोकार समितिको बैठकले हाइड्रोपावरबाट प्रभावित नेचासल्यानको वडा नम्बर ३ र ४ को प्रभावित क्षेत्रलाई उक्त रकम उपलब्ध गराउने सहमति भएको हो।

सरोकार समितिका संयोजक समेत रहेका गाउँपालिका उपाध्यक्ष विना राई र कम्पनीका अध्यक्ष हिम पाठनसहितको उपस्थितीमा भएको छलफलले नेचाको तुईन्टार लघुजलविद्युत व्यवस्थापन गर्ने खर्च २० लाख र सामाजिक उत्तरदायित्व अन्तरगत सडक, शिक्षा, घाट लगायतको व्यवस्थापनका लागि ५० लाख गरी जम्मा ७० लाख रुपैयाँ उपलब्ध गराउन कम्पनी सहमत भएको हो ।

साथै आयोजना निर्माणको क्रममा प्रभावित क्षेत्रमा गरिएको सामाजिक उत्तरदायित्वको खर्च विवरण ३ महिना भित्रमा विस्तृतमा उपलब्ध गराउने र कम्पनी र नेपाल सरकार विच भएको वातावरणीय प्रभाव मुल्यांकन (इआइए)को छाँयाकपी समितिलाई उलब्ध गराउने सहमती भएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष एवं सरोकार समितिकी संयोजक विना राईले जानकारी दिइन् ।

उक्त लिखित सहमती पत्रमा सरोकार समाजको तर्फबाट पालिका उपाध्यक्ष विना राई र कम्पनीको तर्फबाट अध्यक्ष हिम पाठकले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार