बासाखाली माविमा करिब एक करोडको लागतमा ब्वाईज होस्टल बन्दै

  हिमाल समाचार
784 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ राप्छा स्थित बासाखाली माध्यमिक विद्यालयमा करिब एक करोडको लागतमा छात्रवास (ब्वाईज होस्टेल) बन्ने भएको छ ।

उक्त विद्यालयमा जर्मनी दातृ निकार्य रिहेल्पको लगानीमा बन्न लागेको सुविधा सम्पन्न ब्वाईज होस्टेल निर्माण कार्य सुरु भएको हो । भवन निर्माणको खालिङ संस्कारअनुसार सोलुखुम्बुका संघीय सांसद मानबीर राई, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरब राई र दातृ संस्था रिहेल्पका प्रमुख फाउण्डर रिना कोजले सोमबार संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।

३ महिनाभित्र सम्पन्न गर्ने गरि सुरु गरिएको निर्माण कार्य द्रुत रुपमा अघि बढेको माप्यदुधकोशी गाउँकार्य पालिका सदस्य प्रकाश खालिङले जानकारी दिनुभयो । छात्रवास निर्माणका लागि गाउँपालिकाको प्राविधिक एवं प्रशासनिक सहयोग रहेको छ ।

रिहेल्पकै आर्थिक सहयोगमा यसअघि गल्स होस्टलको भवन निर्माण सम्पन्न भई हाल सुनौलो शिक्षा नेपालसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको छ । उक्त होस्टेलमा २१ जना छात्राहरु बस्दै आएको विद्यालयले जनाएको छ । कक्षा १० सम्म अध्यापन हुँदै आएको बासाखाली माविमा हाल २५६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार