‘कुमार प्रयास राई जिताऔं अभियान’का लागि माप्यदुधकोशीले गर्‍यो झण्डै २ लाख सहयोग

  हिमाल समाचार
483 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले भ्वाइस अफ नेपाल सिजन–५ का प्रतिस्पर्धी गायक सोलुखुम्बु लोखिमका कुमार प्रयासलाई १ लाख ९८ हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रतिस्पर्धाको फाईनल राउन्डमा पुगेका गायक राईलाई काठमाडौंको ‘सुकेधारामा गाउँपालिकाद्वारा आयोजित शैक्षिक अवलोकन भ्रमण तथा प्रधानाध्यापकहरुको क्षमता अभिबृद्दी तालिम’मा कुमार प्रयास राई जिताऔं अभियानका लागि अध्यक्ष बुद्धिकिरण राईले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग कूल रकममध्ये गाउँपालिकाको तर्फबाट ६० हजार रुपैयाँको चेक,जनप्रतिनिधि तथा कर्मचारीबाट संकलित ७६ हजार र प्रधानाध्यापकहरुको तर्फबाट ५३ हजार नगद रहेको गाउँपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो ।

गायक राई भ्वाइस अफ नेपाल सिजन–५ को फाईनल राउन्डमा प्रबेश गर्नुभएको छ । प्रतिस्पर्धाको फाईनल आज हुंदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार