सोताङमा पहिलो पटक हाईड्रोसिलको सफल सल्यक्रिया

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकाको सोताङ प्राथामिक अस्पतालमा पहिलो पटक हाईड्रोसिलको सल्यक्रिया सफल भएको छ । गत फागुन १९ गते शनिावार ७८ वर्षिय वृद्वको अस्पतालमा सफल सल्यक्रिया गरिएको हो ।

अस्पतालमा ओ. पि. डि.मा आउनुभएका सोताङ – ५ का भुपबहादुर थापाको चेक जाच गर्दा हाईड्रोसियल भएको पत्तालागेपछि २ दिन पछाडि अस्पतालले उहाँलाई सल्यक्रियाको लागि अस्पताल बोलाएर सफल सल्यक्रिया गरिएको अस्पतालका डाक्टर मेडिकल सुपरिटेन्डेन्ट विकेश श्रेष्ठले बताउनुभयो ।

यस्तै डाक्टर श्रेष्ठका अनुसार मौसम परिवर्तन भएसंगै उक्त अस्पतालमा बिरामीको सख्या बड्दै गएको छ । चिसो मौसम तातो हुदै गएकाले अहिले अस्पतालमा बालवालिकालाई निमोनिया, झाडा पखाला र आउँ रोगीहरुका समस्या लिएर दैनिक अस्पतालमा १० देखि १५ जना सम्म अस्पताल आउने गरेको अस्पताल श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार