महाकुलुङले सार्वजनिक बिदामा पनि सेवाप्रवाह दिदै

सोलुखुम्बुको – महाकुलुङ गाउँपालिकाले सार्वजनिक बिदाको दिन सेवाप्रवाह दिईरहेको छ । आज सनिवारदेखि भोली होली  पुणिमाका दिन पनि सेवा प्रवाह दिने भएको हो ।

बिकासे योजनाका कार्यत्रक्रम र बहुबर्ष योजना, तथा कार्यक्रम सम्पन्न भैई भुक्तानीको चरणमा रहेको तथा कार्यालयका अन्य नियमित कामको समेत कार्यचाप भएकाले २ दिन सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीहरुसङ्ग सहजीकरण गरि नियमित कामकाज गदै सेवा प्रवाह दिने प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार गोलेले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले आर्थिक प्रशासन शाखा,योजना शाखा, प्राबिधिक शाखा,लगायतका कामहरु गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार