सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु – यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सम्पन्न भएको छ । चैत १ गते पूजा गरेर रोप फिक्सिङ अर्थात् डोरी टाँग्ने काम सुरु भएको थियो ।

रोप फिक्सिङको काम सम्पन्न गर्न यस पटक ३६ दिन लागेको पर्यटन विभागले जनाएको छ । रोप फिक्सिङ टोलीले सन् २०१४ भन्दा पहिलो प्रयोग हुने लोलापिक नजिकैबाट नयाँ बाटो बनाएको छ ।

सन् २०१४ देखि २३ सम्म प्रयोग गरेको बाटोको पहिलो शिविरमा हिउँ अस्थिर भएपछि नयाँ बाटो बनाइएको हो । बाटो बनेसँगै आजदेखि दोस्रो शिविर पनि खुला गरिएको छ । सगरमाथा आरोहणका लागि अहिले २ सय ७४ जनाले अनुमति लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार