आईएमई जनरल ईन्स्योरेन्सद्वारा सोलुखुम्बुमा कोरोना बीमा भुक्तानी शूरु

  हिमाल समाचार
742 Shares

सोलुखुम्बु – निर्जीवन बीमा कम्पनी आईएमई जनरल ईन्स्योरेन्स कम्पनी सोलुखुम्बु शाखाले कोरोना बीमा भुक्तानी शुरु गरेको छ ।

कोरोना भाईरसको महामारि शुरु भए लगत्तै कारोना बीमा शुरु गरेको कम्पनीले बुधबार पहिलो भुक्तानी गरेको हो ।

जिल्लाबाट सबै भन्दा पहिले कम्पनीमा कार्यरत कर्मचारी तथा पत्रकारहरुको कोरोना विमा गर्ने कम्पनी हिमाल एफ.एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौलालाई बीमा दाबी बापतको १ लाख रुपैँयाको चेक हस्तारण गरिएको छ ।

कम्पनीका शाखा प्रबन्धक खगेन्द्र बनले प्रबन्ध निर्देशक निरौलालाई कोरोना बीमा बापतको पहिलो भुक्तानी गरिएको जानकारी दिए ।

जिल्लाबाट अहिलेसम्म ३ हजार ५ सय जनाको कोरोना बीमा गरिएको छ । जनही १ लाख रुपैंयाको बीमा गरिएकोमा हालसम्म १३ जनाको मात्रै भुक्तानी दाबी प्राप्त भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार