प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा

काठमाडौं – सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर हुँदैछ ।

सरकारी र विप्लव समूहको वार्ता टोलीबीच शुक्रबार तीनबुँदे सहमति भएको थियो । हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, नेता कार्यकर्ता रिहा गर्न गर्ने लगायतका सहमति भएको थियो ।

सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका छन् ।

https://fb.watch/41H_NJwwJG/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार